Breaking News

काँग्रेस सभापति शेर बहादुर देउवा चढेकाे हेलिकप्टर आँपपिपलमा आकस्मिक अवतरण

By मनासलु

January 14, 2021

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।

बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपलमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले बताए । गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ।

कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए। कैलाश एयरको हेलिकप्टर चढेर काठमाडौंबाट पर्वत जाँदै गरेको हेलिकप्टर पौने १ बजे आँपपिपलमा अवतरण भएको हो।

‘देउवाजी अहिले आँपपिपलमै हुनुहुन्छ,’ उनले भने। देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए। तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए।

माैसममा आएकाे खरावीका कारण राेकिएकाे हेलिकप्टर आधा घण्टा पछि पुन उडेकाे गुरुङले जानकारी दिए ।