सुगन्ध छ याे फूलमा सानु माली बनेर आउँ ! लह लह झुले सरि धानका बाली बनेर आउँ !!
राम्राे हुँदैनन् खेतमा मलजल नगरे नपुगेमा ! यसपालिकाे मेलैमा मेराे साली बनेर आउँ !!
तिम्राे नाैमति बाजामा म नाचिदिउँला त्यता ! तिमी पिट्ने झ्याम्म झैँ झ्याली बनेर आउँ !!
म तिमीलाई राम्राेसँग सजाई दिउँला सानु ! तिमी सुन्दर काेपिला काे डाली बनेर आउँ !!
जुनि जुनि स सँगै काटाैला एक आपसमा ! श्रीङ्गार पटार गरेर मेराे घर वाली बनेर आउँ !!
आहा आहा गर्दै सबैले मख्ख मख्ख भाछन ! मनलाई लाेभ्याउँने सुन्दर लाली बनेर आउँ !!
दैनिक हत्या ,हिंसा बढिरहाकाे छ देशमा ! हत्यारालाई मार्ने माहान काली बनेर आउँ !!
केसर बाेहरा सुन्दर सुदुर पश्चिम अछाम हाल भारत