१)
एकिकर्ण गर्न पुरा जिवन लगाए, जस्ले आफ्नो देशमा मन लगाए।
पृथ्वीनारायण शाहानै थिए युद्धा, एकिकर्णमै आफ्नो लगन लगाए।
त्यत्तिकै आर्जेको होईन देश लाई, अमूल्य तन मन अनि धन लगाए।
हरियो बन नेपालको धन बनाएर, ढुङ्गा र मुडामापनि प्राणन लगाए। चारौटी आमाका चार भाई लिएर, गाउँ बश्ति भित्र जन जन लगाए।
गोर्खा का राजा बने राष्ट्रिय पिता, शंघर्षशिल बाटोमै शासन लगाए।
न्याय नपाएका गोर्खा जानु भन्थे, न्यायँ युद्धमा आफ्नो तन लगाए।
२) अवसरवादीहरु लाई फुल माला र अबिर भयो, क्रांन्तिकारी खम्बाहरु लाई हुँने सम्म पिर भयो।
तन मन र धनले जोगाएको घर संसार पनि ता, मुठ्ठि भर अल्छि र लाछीहरुको नै जागिर भयो।
हाकपार्दै हिँडे दिनरात नौलो जनवादका लागि, शमुन्दर मा पुग्दा न ओल्लो न पल्लो तिर भयो।
एक पल्ट सखाफ अभियान चलाउँने गुट पनि, कता कति उनैसँग मिलेर अपठ्यारो भिर भयो।
उनैले कोरेर गयका ता हुँन त्यो राबण को रेखा, त्यहि त आज न्यानो घर जलाउँने लकिर भयो।
एक दिन आफ्नै अनुहार सँग घृणा गर्नेछन हेर, जस्को ब्यबहार क्रान्तिकारीलाई जञ्जिर भयो।
भन्छन अहिले तिनै अवसरबादी लाई नेताहरुले, हाम्रो आदेश मान्छन त्यसैले त्यही माहिर भयो।
सुरेशकुमार पान्डे