साहित्य

तिमी बिना कहिले बाँच्न नपरोस मलाइ एकलै आगनिमा , नाच्न नपरोस मलाइ

By मनासलु

January 22, 2021

 

तिमी बिना कहिले बाँच्न नपरोस मलाइ एकलै आगनिमा , नाच्न नपरोस मलाइ

अरुको फुलबारी मलाइ मास्न मन छैन फुल झुलेको हाँगो भाँच्न नपरोस मलाइ

सुनसान हुँदा आफैलाई एक्लो पाउछु म कसैको हो भनेर साँच्न नपरोस मलाइ

भुली गएनी कसै याद आये मा सम्झिदिनु नमिलेको झैँ वस्त्र खाँच्न नपरोस मलाइ

कसुर भयो मेरा पनि आउन नि पाईन मायाँ मेरि हौ तिमी जाँच्न नपरोस मलाइ              सोमनाथ लुइटेल रवी पाल्पाली