साहित्य

ब्यङग्य कविता:राजानितीक फुटबल

By मनासलु

January 22, 2021

एउटाकाे मैदान अर्कैकाे खेल खेल भन्दा ठूलाे छ महाझेल!

लात्ति भकुण्डाे खेल्नलाइ तम्सि गाेल हान्न खाेज्नेकाे छ घम्सा घम्सि

क्यापेटेन हूँ भन्छ जान्दैन खेल्न खेल्नमा हैन ध्यान दिन्छ ठेल्न!

हान्छ खेलाडी भकुण्डाे त्याे छाडि काे पर्न सक्नु उसका अगाडि!

छन् सङ्गी सङ्गै राख्दैन आश गर्दैन बिश्वास दिदैन पास!

क्याप्टेन भए नि छैन त्याे भरकाे चिन्दैन गाेल पाेष्ट आफ्नाे र अर्काे!

न चिन्छ गाेल पाेष्ट न चिन्छ साथी हान्दिन्छ गाेल नि ति अात्मघाती!

काेही धकेल्छ काेही भने तान्छ गाेल हान्न छाडि भद्रगाेल हान्छ!

हान्छ भकुण्डाे बेताल सङ्ग छन् काेही क्रुद्ध छन् काेही दङ्ग

सुन्दै सुन्दैन हजाराैँ ती गाली मख्खै पाे पर्छ बज्दा दुइ ताली

हावा भर्दा पाे कि गल्ति गरे ! बल भर्ने हावा कि उसमा पाे भरे ?

जहाँ पायाे त्यँहि हान्छ बल उफ्रि मलीन छन् दर्शक माैन छ रेफ्री

हान्छ भकुण्डाे जहाँ गए पनि उही गर्छ सदर गाेल हाे त्याे भनि!

न जित्न सक्छ न सक्छ हार्न तम्सिन्छ बरु गाेल पाेष्टै सार्न!

बच्ला त खेल खै नियमै त्याे मारि जहाँ जान्छ बल त्यहि गाेल पाेष्ट सारि!

-अर्जुनराज पन्त,बाग्लुङ मुलपानी (ब्यङग्य कवि नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य ‘काेइली’का लेखक समेत हुन)