धान्नै गार्हो टाउँको माथि भार बढी भयो हजुर गर्नुभन्दा देखावटी ——नार बढी भयो हजुर।।
अन्धकारमा बाचेका छन गाउँघरका नानीहरु बेकारे ति बिजुलीको तार बढी भयो हजुर।।
पाईला पाईला रेटीदैछन सिधासाधा जनताका अनाहकमा महंगीको मार बढी भयो हजुर।।
फस्टाउँदो छ मुलुकमा हत्या हिंसा अझैपनि विश्वशान्ति अग्रदुतको हार बढी भयो हजुर।।
सबै मिलि गोडमेल गरौ अरू धेरै छाट्नुपर्छ गणतान्त्रिक फुलबारीमा झार बढी भयो हजुर।।
राम देउबा सायल एक डोटी