१) छोडेर बा आमा छोडेर घर पर्देशिदै छु मनमनै लागिरहेको छ डर पर्देशिदै छु
थाहा छैन म फर्केर आउँछु आउँदिन, परेर यहिँ राहदानीको भर पर्देशिदै छु
२) यति सजिलै ठुलो निर्णय आँट्नु राम्रो नहोला मसँग अनेकौं वाहानाहरु छाट्नु राम्रो नहोला
एकदिन आफै दोधारमा परेर छट्पटीदै रुनु पर्ला जो पायौ त्यहि सँग मन साट्नु राम्रो नहोला
३) लुटिएका खुसी असुल्न त्यति सजिलो छैन टुटेका सपना बटुल्न त्यति सजिलो छैन
लामो समयसम्म यो दिलभित्र राज गरेपछि छोडेर जानेलाई भुल्न त्यति सजिलो छैन
४) एकाएक सम्बन्ध घटाउन ,नपरोस् अनगिन्ति ती ,याद पठाउन नपरोस्
सपनिमा तिम्ले अनुहार देखाएनौं हो बिपनीमा अाएर सताउन नपरोस्
५) एकाएक सम्बन्ध घटाउन ,नपरोस् अनगिन्ति ती ,याद पठाउन नपरोस्
सपनिमा तिम्ले अनुहार देखाएनौं हो बिपनीमा अाएर सताउन नपरोस्
साहित्य प्रेमी यमराज खड्का