तिमी, मान या नमान, म तिम्रो हैन सकिन्छ, चिया’झैं छान, म तिम्रो हैन
आक्रान्त हृदय वेदी हमला गर्छौ प्रेम गर्न पनि जान, म तिम्रो हैन
शिर, अचानो र खुकुरीको बीचमा ल, तिमी जाेरले हान, म तिम्रो हैन
अतितका दस्तावेज पल्टाउदै छु मलाई टाढाकै ठान, म तिम्रो हैन
चुरोटको धुँवा सरी धमिल साेच बिन्ती मैतिर नतान, म तिम्रो हैन
लाेचन ‘फूलको थुँगा’