बालापनको सारा रहरहरु समय अनुसार जागेर आउँछ ईच्छा चाहना गर्ने हक सबैको हुन्छ अधिकार समान हुनैपर्छ,
अभावमा बाँचेकाहरु हेर ! पुगेकाहरुले कहिल्यै सोच्दैन अभाव, दु:ख के हो? के तिमी कल्पना गर्न सक्छौ? स्कूल जान नपाएका बालबालिका छन् तिमी भन्लाऊ असम्भव किनकि तिमी सम्भ्रान्त छौ विज्ञान प्रयोगकर्ता छौ सारा सुबिधा सम्पन्न छौ कहिल्यै बुझ्ने छैनौ अभाव के हो? भोको पेट कस्तो हुन्छ?
शिक्षा बिनाको जीवन कति अन्धकारमय छ सुबिधा बिनाको दैनिकी कति दर्दनाक छ विश्वको सुख सुबिधा बाट कोसौं टाढा नयाँ प्रविधिको ज्ञान बाँट सुन्य पिछडिएको ब्यक्तित्व बिकास बाट कोसौं पर धुलो माटोमा रमेको बालापन संसार बाँट अलग आदिम काल भोग्न बाध्य छन् चहर्याउँछ मन तस्विर देख्दा पनि ऑशु बर्सन्छन् यि नयनबाट केहि गर्नु पर्छ भन्ने अठोट लिएर दुखेको हृदयमा मलम दिन सक्नु मानव कर्तव्य हो भन्दै कोही भोका नांगा नरहुन् समान हक सबलाई मिलोस् असमानताको अन्त्य होस् बाल अधिकार सक्षम बनोस् गरिवीको अन्त्य होस् !!
शर्मिला श्रेष्ठ काठ्माण्डौ,नेपाल हाल अमेरिका