गाेरखामा ३४ जना नागरिककाे आँखा शल्यक्रिया

मङ्लबार, माघ २०, २०७७

गाेरखा २०, माघ । जिल्ला सदरमुकाममा रहेको आँखा अस्पतालमा आज ३४ जनाको शल्यक्रिया सम्पन्न भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रमा आज जिल्लाको ३४ जना मोतियाँ बिन्दुका बिरामीहरुको शल्य क्रिया भएको हो । लायन्स क्लब अफ गोरखाको आयोजना तथा आई केयर फाउण्डेशन नेपालको सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उनीहरुको सपलल शल्यक्रिया भएको क्बलका अध्यक्ष श्यामबावु श्रेष्ठले बताए ।

नोबल कोरोना भाइरसका कारण रोकिएको शल्यक्रिया गएको पौष महिनाबाट शुरु गरिएको हो । कोरोना महामारी पछि यो दोस्रो पटक जिल्लामा शल्यक्रिया भएको क्लबले जनाएको छ । आज २१ जना महिला र १३ जना पुरुषको शल्यक्रिया गरिएको छ ।