ऐतिहासिक ताताेपानी मेला सम्पन्न, भलिवलकाे उपाधि रियल मान्वु क्लवलाइ

बुधबार, माघ २१, २०७७

धार्चे २१ माघ । माघ १५ गते देखि धार्चे गाउँपालिकामा चलेकाे एेतिहासिक ताताेपानी मेला सम्पन्न भएकाे छ । छ दिन सम्म  खाेर्लावेशीमा चलेकाे मेलामा कृषि प्रदर्शनी देखि खेलकुद सम्मका गतिविधिहरु सञ्चालन भएका थिए ।

मँगलबार भएकाे भलिवल तर्फकाे अन्तिम खेलमा द रियल मान्बु युथ क्लव प्रथम भएकाे छ । प्रथम भएसँगै क्लवले ६० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ । नमस्ते बुढिगण्डकी युवा क्लव धार्चे ७ लापु दाेश्राे, र न्यु जेनेरेशन युवा क्लव धार्चे ३ उहिया तेश्राे स्थान हासिल गर्न सफल भएका छन् । उनिहरुले क्रमश:४५ हजार र ३० हजार नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

खेलमा वेष्ट प्लेयर द रियल मान्वुका भुपेन गुरुङ भएका थिए । कृषि तर्फकाे प्रदर्शनीमा धार्चे ५ गुम्दाका अनार्द गुरुङ प्रथम भएका छन् । उनले एक क्वाइल पाइप र एक थान हजारी प्राप्त गरेका छन् । मँगलबार समापन भएकाे कार्यक्रमलाइ वडा सदस्य सुन्त बहादुर गुरुङले सम्बाेधन गरेका ताताेपानी मेलाका सँयाेजक  मिन बहादुर सुनारले बताए ।