गाेरखाकाे चुमनुब्रीमा हेलिकप्टर मार्फत खाेप दुवानी

शुक्रबार, माघ २३, २०७७

गोरखा । जिल्लाकाे चुमनुब्री गाऊँपालिकाका स्वास्थ्यकर्मीलाई लगाउन  माउन्टेन चाइल्डकाे सहयाेगमा सिम्रिक एयरकाे हेलिकप्टरबाट खोप ढुवानी गरिएको छ ।

भौगोलिक विकटताका कारण चुमनुब्रीका  ६८ जना स्वास्थ्यकर्मी गोरखा अस्पतालको खोप केन्द्रमा खोप लगाउन आउन सकेका थिएनन् । चुमनुब्रीको फिलिममा १८ जना, चुम्लिङमा २० जना र लिहीमा ३० जनालाई गरी तीन ठाउँमा खोप लगाइउने कार्यक्रम रहेकाे चुमनुब्री गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन ।

खोपसँगै स्वास्थ्यकर्मी   हेलिकप्टर मार्फत सम्वन्धित स्थानमा विहिबार पुर्याएकाे हाे ।