शहिदलखन कृषकका घर घरमा कृषि एम्बुलेन्स

शुक्रबार, माघ २३, २०७७

शहिदलखन, गाेरखा । जिल्लाकाे पूर्वी क्षेत्रमा रहेकाे शहिद लखन गाउँपालिकाले किसानका घर घरमा कृषि एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएकाे छ । पालिकाले विगत एक वर्ष अघिदेखि किसानहरुलाइ याे सुविधा दिएकाे हाे । पालिका भित्र उत्पादनमा तरकारी, फलफूल, पशुचाैपाया विक्रिका लागि बजारसम्म लैजानका लागि पालिकाले एम्वुलेन्स सेवा व्यवस्थापन गरेकाे हाे ।

पालिकाकाे सहयाेगमा सञ्चालिक रामशाहघाट स्थित हाटबजारमा प्रत्येक शनिबार कृषि प्रदर्शनीका साथै कृषि उपज विक्री हुने गर्दछ । किसानका उत्पादन उक्त बजार सम्म पुर्याउनका लागि प्रत्येक किसानलाइ ढुवानी सेवा पालिकाले प्रदान गरेकाे हाे । कृषि उपजलाइ बजार पुर्याउन जुनसुकै समयमा पनि ढुवानी उपलब्ध गराउन पालिकाले निर्णय गरेकाे थियाे । वडा तहमा समन्वय गरेर सबेले सुविधा लिन सक्नेछन् वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजाले बताए ।

कृषि एम्बुलेन्स कस्ताे हुन्छ मलाइ थाहा थिएन, गाउँमा चल्ने बाेलेराे गाडिमा गाेलभेडा,च्याउ लगायतका उत्पादन भएका खेती हाटबजार लगायतका बजारमा लैजाने गरेकाे थिएँ । मेराे फार्म सबैले देखेका थिए तर एम्बुलेन्स कसैले पठाएनन् फाेटाे सम्म पनि देख्न पाइन । गाउँपालिकाबाट आएका कृषि प्राविधिकले भनेपछि थाहा पाएँ कृषि एम्बुलेन्स बाेलेराे,ट्याक्टर लगायतका स्थानीय स्तरमा चल्ने सवारी पाे रहेछ । हामीले बजार सम्म लैजादा लाग्ने भाडा बापतकाे रकम पालिकाले दिने गरेकाे रहेछ । यसबाट हामी जस्ता युवा किसानहरुका लागि ठूलाे राहत पुगेकाे महसुस मैले गरेँ भन्छन् शहिद लखन १ खनालटारमा तरकारी खेती गर्दै आएका दिल्ली कुमार ।

विदेशमा श्रम गरेर आएका जनशक्तिका लागि राज्यका निकायले सकरात्मक सहयाेग गरे आफ्नै माटाेमा श्रम गरेर अर्गानिक उत्पादन उपभाेक्तालाइ दिन थप उत्साह पुग्ने उनले बताए । तरकारी खेतीका लागि चाहिने आवश्यक पानीकाे व्यवस्थापनमा समस्याका वीच खेती गरिररहेकाे उनकाे भनाइ छ । कराेडाै लगानी भएकाे सिञ्चाइ याेजना हजुरवाकाे पालादेखि बन्न थालेकाे भएपनि अहिलेसम्म पूरा नभएकाले समस्या भएकाे उनले बताए । पालिकाले अहिले दिएकाे सेवा प्रति आफूलाइ खेतीमा थप उत्साह आएकाे उनले बताए । मल राखेर माटाे चलाएपछि उत्पादन हुने र नगद पाइने कुरा सामान्य मान्न नहुने किसान दिल्लिकाे भनाइ छ ।

शहिदलखनमा गाउँपालिकाले दुवानी सेवा प्रदान गर्न थालेसँगै किसानहरुमा खेती गर्ने उत्साह बढेर गएकाे र हिजाे बाझाे रहने जमिनहरुमा खेती हुन थालेकाे वडा नम्बर १ का वडा अध्यक्ष दिप बहादुर केसी बताउँछन् ।

श्रम गर्ने किसानहरुकाे हितमा पालिकाले काम गरिररहेकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।