जीप दुर्घटनामा पाँच जना घाइते

शुक्रबार, माघ २३, २०७७

गोरखा, २३  गोरखा । आँबुखैरेनी सडक खण्डमा जिपको ठक्करबाट आज २ जना स्कुले बिधार्थी सहित ५ जना घाइते भएका छन् । गोरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेको बा २ झ २२९२ नम्बरको कोष तथा लेखा नियन्त्रण कार्यालयको जिपले बिधालयबाट घर फर्कदै गरेका स्थानीय अमिसा थापा र इम्रन रानालाई ठक्कर दिएर घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

दुर्घटनामा परि गाडीमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख नारायणदत्त शर्मा, जिल्ला प्रसासन कार्यालय गोरखाका शाखा अधिकृत गणेश भट्टराई र उर्मिला भट्टराई घाइते हुनु भएको उनले बताए । घाइते मध्ये थापा र रानालाई गोरखा अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

अन्य ३ घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको छ । बाटोमा कुकुरलाई छल्न खोज्दा जीपले बाटोको छेउमा हिडिरहेको बिधार्थीलाई ठक्कर दिन पुगेको उनकाे भनाई छ । दुर्घटनामा परि जीप सडकबाट झण्डै १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।