चर्चित टेलिश्रृङ्खला मेरी बास्सैकाे सुटिङ गाेरखामा

आइतवार, माघ २५, २०७७
साँकेतिक तस्वीर

गाेरखा २५ माघ । चर्चित टेलिश्रृङ्खला मेरी बास्सैकाे सुटिङ गाेरखामा हुन लागेकाे छ । श्रृङ्खलाका ६९० देखि ६९३ सम्मका भाग गाेरखामा सुटिङ गर्न लागिकाे समूहका काजी बाले जानकारी दिए ।

माघ २१ गतेदेखि भीमसेन थापा गाउँपालिकाकाे काउलेमा बसेर वरपर पहिलाे चरणकाे सुटिङ गरिएकाे उनले बताए । बाँकी भागहरुका लागि पछिल्लाे समय पुन: आउने उनले बताए ।

गाेरखाकाे घ्याम्पेसाल,आरुघाट,काउले लगायतका स्थानमा सुटिङ हुने उनकाे भनाइ छ ।