जँग बहादुर राणाका विरुद्ध विद्राेह गर्ने देखि गणतन्त्र स्थापना सम्मका शहिद परिवारजनहरुलाइ शहिद लखन गाउँपालिकाद्वारा सम्मान

मङ्लबार, फाल्गुन ४, २०७७

शहिदलखन गाउँपालिका, गाेरखा । जहाँनिया शासनका नाइके जँग बहादुर राणाका विरुद्ध विद्राेह गर्ने नेपालका प्रथम शहिद लखन थापा मगर, जयसिँह चुमी मगर देखि गणतन्त्र नेपाल स्थापनाका लागि वलिदान गर्ने शहिद परिवारजनहरुलाइ शहिदलखन गाउँपालिका गाेरखाले लखन थापा र जयसिँह चुमी मगरकाे स्मृति दिवसका अवसर पारेर फागुन २ गते सम्मान गरेकाे छ ।

यसरी सम्मानित हुनेहरुमा शहिद लखन थापा र जयसिँह चुमीमगरका खनाती पुस्ता रत्न बहादुर चुमी, जगत बहादुर राना, यम बहादुर राना रहेका छन् ।

यसै गरी गणतन्त्र स्थापनाका लागि भएकाे जनयुद्धमा शहादत प्राप्त गर्ने शहिद रामकृष्ण श्रेष्ठ ‘प्रलय’ (घैरुङ) का आमा सेतीमाया श्रेष्ठ, श्री कृष्ण लामिछाने अविनाश नामजुङ का भाउजु मेनुका लामिछाने, सुरेश कुँवर ‘शुशिल’ (घैरुङ) का आमा नन्द कुमारी कुँवर, केशर बहादुर आले अर्पण (घैरुङ) का आमा इन्द्र कुमारी आले, श्रीराम खनाल ‘सन्देश’ (ताक्लुङ का भाइ हरिश्चन्द्र खनाल, राम्जि घर्ति मगर ‘शैलेस’ (बक्राङ का बाबु  पदम बहादुर घर्ती, रामशरण अर्याल ‘नविन’ (बक्राङ का आमा गङ्गामाया अर्याल, रामशरण अर्याल( बक्राङका छाेरा रामकृष्ण अर्याल, गीता थापा ‘प्रगति’ बेपत्ता (घैरुङ) का भाइ दिनेश थापा मगर, लिला खनाल ‘विन्दु’ बेपत्ता( बुँकाेट का दाजु राेहिणि खनाललाइ दाेसल्ला अाेडाएर सम्मान गरिएकाे थियाे ।

अन्याय,अत्याचार र दमनका विरुद्द विद्राेह गर्ने नेपालका प्रथम शहिद लखन थापा मगर तथा जयसिँह चुमी मगरकाे १४४ आैँ समृति दिवसका अवसरमा आयाेजित कार्यक्रममा शहिद तथा वेपत्ता परिवारजनहरुलाइ सम्मान गरिएकाे हाे । प्रथम शहिद लखन थापाकाे नामबाट गाउँपालिकाकाे नाम रहन गएकाे हाे । पालिकाले हरेक वर्ष फागुन २ गते समृति दिवस मनाउने गरेकाे छ । उक्त दिन पालिका भरी सार्वजनिक विदा घाेषणा गरी विभिन्न कार्यक्रमहरु गरेर शहिदहरु प्रति सम्मान गर्दै आइरहेकाे छ ।

शहिद स्मृति दिवसकै अवसर पारेर पालिकाले निर्माण गरेकाे शहिदलखन गाउँपालिका प्रवेशद्वार उद्घाटन गरिएकाे छ । गाेरखा नगरपालिका र शहिद लखन गाउँपालिकाकाे सिमानामा पर्ने ढुङ्गागाडे भन्ज्याङमा निर्मीत गेटकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगर र उपाध्यक्ष इन्दिरा तिवारीले सम्युक्त रुपमा उद्घाटन गरेका हुन् ।

शहिद लखन थापा स्मारक परिसरमा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले शहिदहरुकाे बलिदानका कारण पालिकाकाे नाम शहिद लखन हुन पुगेकाे बताए । सम्पूर्ण कार्यपालिका सदस्यहरु र स्थानीय नागरिकहरुकाे सहयाेगमा शहिदलखन स्मारकलाइ विस्तार गर्न लागिएकाे उनले बताए ।

कार्यक्रम शहिदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे ।