
यो सुखको खोजिमा प्रेमलाई निराशापनमा राखेको समय पनि अन्त्य हुँदैछ । कस्तो होला पहिलो पटक छोरालाई अंगालोमा अंगाल्दा आमाको मीठो बोली सुन्दा यस्तै कल्पनामा निदाएँको नि पत्तै भएँन छ ।
पत्रै पत्र पारेर मेरा यादका पोका संगेटी
पींडाका खात लगाएर आँसुको चाविले
कसि जिन्दगिको भरिलो भारी बोकेर वेटिङ्ग रुम जाँदै गर्दा झसङ्ग भएँ
यहाँ त वकुल्लाको बथानमा काग जस्तो पो परेछु सबै गोरा बस्तिमा म एक्लै काली
छक्क पर्दै आँखा डुलाउदै थिएँ अर्को साइटबाट हेर्दा त झन्डै गोराबस्तिकै जस्ती देखेने
सल्क्क जिऊ कपालको रङ्ग बदलेर सेटो बनाएको गौँगोरी परेका
एक आँखा सङ्ग आँखा जुध्यो ती आँखा पनि म जस्तै साथ खोज्दै रहेछन्न ।
“उनैले पहिला बोलाईन” नेपाली हो ? ।
“हो तर कसरी चिन्नु भयो” ? नेपाली भनेर सोध्दा छक्क नि परे !
उनिले सजिलै उत्तर दिइन नाकको फुलिले … एक्छिन हाँसो भयो …….!
म सन्ध्या ( उन्ले छोटो परिचए दिइन )
छोटो समयमा हामी आत्मिय साथी भयौं र यसै क्रममा उन्ले भनिन् ” दिदी म त आज भन्दा 2 महिना पहिला नेपाल गएकि थिएँ
ए हो र ?
किन फेरि यति चाडै फर्क्नु भएको ? फर्कने सुर थियो भने किन फेरि आएको त ? भन्दा उन्ले भनिन ….!
म फर्कने बिचारले आएको थिइन फेरि एक्त हामी छोरी मान्छे पर्देशिनुमा नि ठूलो चोट लुकेको हुन्छ नत्र आफ्नो प्राण भन्दा प्यारो देश छोडेर किन पर्देश हिड्थेउ र ?
आई नैँ गएको थिएँ थोरै भएँ नि रिन तिरेर जने थिएँ त्यस्तै बाध्यता परो त्यहीँ भएर फर्कनु परेको
उन्को कुरा सुन्दा निकै ठूलो रोगपो लागे छ कि के भएछ यस्तो !
जान्ने बिचार जाग्यो र सोधेँ बैनी माफ गर्नु होला तपाइको अतीत कोट्याएर मन दुखाउने मेरो बिचार होइन त्यै पनि सोध्न मन लाग्यो के भन्न मिल्छ भने भन्नुस् केही नसके पनि भावनत्मक सयोग त गर्न सक्छु नि !
होइन दिदी कुरा खुसिकै हो …
हेर्नुस प्रकृति माथी विजय पाउन विज्ञानले खेलेको खेलमा म पनि सामेल भएँ ।
अनि विज्ञानको विशाल चमत्कारको सिकार भएँ ।
“कुरा अलि मैले बुझिन नि ”
जसरी फेसबूक आयो सबैले चलाएँ मैले पनि के हो यस्को रस भनेर चाख्न खोजे त्यसैको परिणाम आज आएँर भाग्य सँग जोडियो
कुरा यसै सङ्ग सम्बन्दित छ ।
म एक्लो थिएँ । मेरा पतिले म बाट सन्तान भएँन भनेर झुटो आरोप लगाएर बिहे गरेको केही वर्षमै अर्को बिहे गर्नु भयो पींडा त्यो सहन सकिन धेरै कोसिस गरे एक अर्कामा मिलेर बस्न आफ्नै छायाले अर्को छाया थपेको थियो । सम्झे अझै प्रयास गरे मिलेर बस्न सकिन्छ कि भनेर
तर अझैँ मैले सोचेंको झैँ भएन उनीहरुले मैले गर्दा नयाँ दम्पती प्रति प्रेमालापमा बाधा भएको बिचार बारबार तेर्स्याई रहे फेरि सम्झे म नै अचाइनो भएँछु । म भित्रको समर्पण , मभित्र दन्की राखेको ज्याला को कुनै अनुभती भएन ती स्वार्थी मायावी जोडिमा अनि उनिहरुलाई उनिहरुकै संसारमा मायाको दुँनियामा छोडेर म यता आएँ ।
उनले बतासको वेग सरि पोख्निन यति कुरा
लाग्छ त्यो वेग रोकिन अझै बाँकी छ ।
“हुनत हामीले बिहेपनी भागेर गरेका थिउँ अहिले उ बाट म छुट्टिन भाग्दै छन् “।
म त एउटा सानो गाँउमा जन्मेकी गरिव परिवारकी
एक्लि छोरी सन्ध्या थिएँ ।
आमाको एक्लो पनको भयवित कथा सधैंको लागि समाप्त गर्न ती नयँनका आँसु पुछ्न उहाँकै रोजाईमा प्रविन चुनिएको थियो ।
आर्थिक स्थिति नभएको ले र उस्को पनि सुटुक्क मलाई घर भित्र्याउने चाहा भएकोले भागेर हामी एक भएका थियौँ
यति भने पछि तप्प आँसु खसे उन्को टिउडो मुन्तिर …
म सुन्दै गएँ !
“छोडिएँ जिन्दगी भरिलाई समाएका ती हातहरु
खुसि दिन्छु भनि वाचा गरेका प्यारा साथहरु
आफ्नै छाँया पनि शनि भएर घुमिदियो जिवनमा
आउछन् झैँ लाग्छ अझैँ मेरालागी जुनेली रातहरु ”
उस्को नयन भरिएँका थिएँ आँसुले टिलपिल टिलपिल ….
म पनि उस्को भावानामा भक्कानिदै सुनी रहेँ
उ पखाल्लिएकि थिई सनक्क लुगाको मैलो धोएँ जस्तो धुईएकी थिई मायाको बाटोमा…..
यिनै पीडाहरु बेच्न प्रदेश लागिछन् । तर यहाँ त पींडा के बिक्थो र अझ किन्ने ठाउँ चै हो यो अझ भनु “जताततै सित्तैमा पाईन्छ वेइजती र वेदना छालहरु यहाँ ”
उ भन्दै गैँ ……
अनि त बिरानो मुलुक आएपछी …!
“म आफ्नाको भिडमा एक्लो थिएँ “! भने यहाँ त मान्छेहरुको भीडमा एक्लो भएँ बोली छ तर लाटी भए खाना छ तर भोकै रहे वेदना छ तर आँसु लुकाएँ …
त्यसपछि विरानो यो मुलुकमा मन भुलाउने एकमात्र उपाएँ फेसबूक पाएँ।
यसै क्रममा फेशबूक चलाउने एक जना गुल्मिका मित्र सङ्ग भेट भयो । उहाँले एक्लो पनमा धेरैआड दिनु भयो ।
भाग्य सम्झेर रोई रहने मेरा आँखाका आँसु सुकाई दिनु भयो । हामी बिच एक आपसको भरोसाको खम्बा अडियो ।
यति कि हामी एक आर्का सङ्ग नबोली ,नहेरी खाना पनि नखाने स्थितिमा पुगेउँ ।
“यति भनौ दुई ज्यान एक मुटु “….
भन्दै उनको म्यासेज खोलेर देखाउन लागिन
म हेर्दै पड्दै गएँ ।
उनी गोपाल रहेछन एउटा समाज सेवि
गोपाल
ईश्वरले हामी सबैको लागि यो
ब्रह्माण्ड बनाएको हो प्रेमको
लागि खुल्ला पंन्छी झैँ
निर्धक्क भएर प्रेमा
सन्ध्या
तर मायाका बिरोधिले त
यो सब कुरा उपहास बनाई
दिए नि ! मान्छेत आफ्नु परिधी
भित्र पनि त बाच्नु पर्छ यसैले मान्छेको
नियत पंन्छिको जस्तो नभएको ।
सन्द्या
फेरि ….?
हामि मान्छेलाई त परिधिका
सिमाले रोकि दिन्छ नि !
तर यो मन हावा बनेर तिमिलाई
छोएरै छोड्छ जसरी छालहरुले
किनारा छुन्छ ।बतासको
सायताले तिम्रो स्वासप्रस्वासमा
म प्राण भएर वास गर्ने छु ।
सन्ध्या
सायद हाम्रो प्रेम ,
मिलन जुगौ जुग देखी थियो
त्यसैले त यो जुनिमा हामी यो
अवस्थामा भेट भयौं ।जुन अवस्थामा
भए पनि आखिर भेट गराई छोड्यो
दैवले ।
हाम्रो भेट पहिला किन भएन ?
म यस्लाई इश्वरको उपहार
सम्झेर मेरो हृदयमा सजाउछु
जुगौजुग मात्र तिमिलाई जुगौँ…
उन्को भावमा थोरै आशा भेट्टाएको थिएँ मैले
नयन रसाएका थिए तर त्यो रस को मत्लबमा मीठास पनि लुकेको थियो ।
अनि भन्दै गैइन्
यसरी धेरै दिन टाडिएर बस्न नसक्ने भए पछि
एक अर्काको समिप्यता रोजेऊ
मेरो नि नेपाल जाने बेला भएकोले सहमत जनाए र हामी भेट भयौ र
केही दिन हामी पोखरा र अन्य ठाउँमा प्रेम गीतमा हरायौँ । यो सङ्गै उहाले पनि श्रीमती बाट पींडा पाएको केही वेदना पोख्नु भयो मैले बिस्वस्नियता जनाएँ यानकी उहाँ प्रतिको प्रेम अझै बड्दै गयो हामी बिच …
“यिनै आखालाई उस्ले चुमी दियो कसैले त्यागी दिएका थिए ” ।
“यिनै ओठबाट उस्ले प्यास मेटायो जस्लाई कसैले सुक्खा मरुभूमी झैँ लत्याएको थियो” ।
म पनि निर्धक्क भएर बिधा मनाएर बिदेश फर्के त्यस पछी म यहाँ आएँ पछि म मा केही शारिरिक संकेत देखा परे मलाई ईम्प्लोएरले चेकप गराउँदा म आमा बन्दै रहेछु । त्यहीँ भएर म फर्कदै छु नेपाल दिदी ….
उस्को यति कुराले म पनि खुसी भएँ
यो त खुसिको कुरा हो नि अनि किन तिमी उदाँस त ?
हेर जिवनना कतिपय यस्ता पल हुन्छन जो थोरै समयको रमाइला पल सँंगेटेर जिन्दगी कटाउन सकिन्छ । त्यो पल तिमिले पाएकी छेउँ ।म सम्झाउदै थिएँ ।
सन्ध्या
होइन दिदी अर्को सानो पीर छ उहाँलाई मैले आमा बन्दैछु म नेपाल आउने भए भने पछि त्यति सम्पर्ग भको छैन अर्कै व्यावार देखाउनु भा छ त्यहीँ भएर कतै …
म ….
होइन बैनी पीर नगर उस्लाई पनि केही व्यावारिक कुरा होला कतै बाध्यता परो कि न आत्तिनु ठिक हुन्छ भनेर सम्झाएँ त्यसपछी हामी काठमान्डू एरपोट बाट हामी छुट्टिऊँ आ- आफ्नो परिवार तिर व्यस्त भयौ ।
धेरै तिरको भेटघाट बालच्चा सँगको घुमघाम सकेर एक दिन आमा र म बसेर गफ गर्दै गर्दा भन्नू भयो ।
आमा …
नानी न जाँ बिदेश छोरा छोरी छोडेर! “तैले कमाको पोइसा भन्दा नि यिनिहरुले आमाको मायामा गरेको त्याग ठूलो भयो” न जाँ !
मैले भने
के गर्नु आमा म एक्लो ज्यानले सानो पुजिले केही हुन्न कसरी पढाउनु यिनिहरुलाई ?
आमाले भन्नू भयो ..
यहाँ तल हाम्रो घरमा भाडामा बस्ने एक जना सर छन् उहाँ यस्तै बेसाहारा महिलालाई सयोग गर्ने संस्था खोल्नु भा छ सुरुमा संस्थाको नाममा केही पोइसा दिनु पर्छ रे धेरै जना महिलाले दिएँ खोइ दर्ता पनि गरे भन्दै हुनुन्थ्यो त्यो म सबै बुझ्दिन त आँफै गएर बुझ्न केहि उपाएँ हुन्छ कि ?
उहाँले सबै बुझे जति भन्नू भयो ।
मेरो पनि आफ्नै देशमा बस्ने सपना लुप्त भएकाले उस्लाई भेट्न जाने तत्पर्ता जनाएँ ।
झट्ट हेर्दा देखें जस्तो लाग्यो फेरि सोंचे फेसबूकमा देखेको रहेछुँ ।
उहाँले सयोग धेरैलाई गरेको र सुरुमा केही रकम बुझाउनु पर्ने प्रस्ताप भन्नू भयो। सयोगी दर्पण नामाकर्ण दिनु भएछ उहाँ को सस्थालाई ।
काभ्रेमा घर भैँ हाल मेरो घर बानेस्वरमा दिन चर्या बिताउदै हुनुहुँदो रहेछ ।
सोच्दै कौसिमा बसेकी थिएँ तल बाटोमा अशक्त हुँदै एक महिला बाटोमा हाम्रै घर हेर्दै गरेको देखें नियालेर हेर्दा उहीँ एरपोटको बैनी सन्ध्या ….मैले बोलाए मेरो घरमा ।
सोधे मैले ….
तिमी जो बिना अधुरो छेउँ उस्लाई तिमिले भेटेउँ , सम्पर्क भयो ?
आँखामा आँसु पारेर भनिन्
” भएन दिदी ” ….
बल्ल बल्ल खोजेर यहीँ कतै भएको पत्ता लगाएँ त्यहीँ भएर खोज्दै आँएकी दिदी ।
अनि घर नम्बर यहि हो भनेर नम्बर देखाउदा हाम्रै घरमा भाडामा बस्ने उहीँ समाज बादी गोपाल ।
उ फरक फरक ब्याक्तिलाई फरक फरक परिय दिदै हिड्ने व्याक्तित्वोको धनी भैँ झुल्कियो आमालाई काब्रे सन्ध्यालाई गुल्मी र यस्तै यस्तै अनेकौ परिचय ।
आफ्नु हुनेवाला लाई केही अत्तोपत्तो थाहा नभै
आफ्नो सर्वस्व सुम्पनु भन्नुनै एक्लो पनमा अत्यास प्रेममा विकराल खडेरी ले होकि ?
“हामी नारीहरु किन यसरी पग्लन्छै थोरै चिप्ला कुरामा ” त्यसैले त गौंडा गौंडामा ठगिन्छौँ ।
पुरूषको ज्याजती र नजरमा त्यसैले कम्जोर ठहरिन्छौँ सर्वमान सम्पन्न भएर पनि ।
यतिकैमा सोद्धै जाँदा थाहा भयो उन्ले शरीर मात्र होइन आफुले कमाएको पनि सारा जाएजेथो सुम्पेकी रहिछन् ।
प्रेममा अन्दोपनको प्रमाणित गरि दिइन उन्ले त्यो अन्दोपनलाई आँखा खुलाउन केही आवेगमा आएँर मैले पनि सोध्न गल्ती गरे ।
सन्ध्याको नजरमा डर त्रास र घृणा भरिएको थियो अनि कहिले ठाडो नहोला जस्तो गरि झुकेको थियो उन्को शिर । उन्ले झुकेकै नजरमा सुस्त आवाजमा भनिन् …
उहाँले एउटा सस्था खोल्न भनेर केही रमक माग्नु भयो “मैले मात्र होइन मेरा साथिले नि दिएँका छन्” ।
मैले चै अरु पोइसा भविस्यको लागि सङ्गै भएर केही गर्न भनेर जोगाउन दिएको हो ।
त्यो एक हुँरि बनेर आएको थियो तिम्रो जिन्दगिमा
तिमिजस्ता हजारौ सुकेका पातहरुलाई भूमरी बनाएर उ गै सको त्यो क्षितिजमा तिमी चाहेर नि भेट्न सक्दैनौ जस्लाई ।
“टिलपिल थिए ती नयन रारा ताल जस्तै “..
पत्ता लाग्यो उहीँ मैले हिजो भेटेको मान्छे गोपाल रहेछन् कुरा गर्न भनेर कोठामा जादा ताला लगाएको रहेछ । भोलि त भेटिएलानी भनेर पर्खिउ आएनन यसरी नै हप्तादिन उ नआएपछी आमाले पनि 3 महिना भयो भाडा नबुझाएको भन्नू भो । अनि हामिले खोज्ने प्रयास गर्दा त्यस्ता पोइसा धेरै महिलाबाट उठाएर धेरै बाट सारिरिक फाइदा लिएर उ आफ्नै श्रीमती सङ्ग बस्तै आएको कुरा पाइयो श्रीमती पनि ठुलै ओहोदाको मान्छे रहिछन ।
”
यो काम जोइपोइको सहमतमा गरेको रहेछ ”
पोइसा भेलापारेर त्यो मानिस अन्तै जान लागेको रहेछ सबै पोइसा दिने महिलाले चालपाएर उजुर गर्दा प्रमाण पोइसा उठाएको पाइएन किनकि संस्थालाइ सयोग गरेको भनेर उठाको रहेछ ।
सन्ध्या रुदै उस्लाई भेट्न जादा उस्कि श्रीमती ले बाहिरबाटै लखेटिन त्यो गोपाल भन्ने मान्छेले म चिन्दिन भन्छ ।
मानौ एउटी नारी छ उ समय भन्दा अधि छ
सक्दिन अब भुतकालको समयमा फर्कन ।
ती कयौ देखेका सपना खरानी बनाई यहीँ । क्षणिक आनन्दको योन सम्बबन्धको आगोले जलाई खरानी बनाई …..
उ भन्दै थिइन्
तिनै गुलाबी ओठ आँखामा झल्की रहेछ ती स्वार्थी औलाले जहाँ जहाँ छोएको थियो सायद अब घाउनै हुन्छ होला एलर्जीले छि ……..
फेरि अर्को प्रस्न तेर्साइन्
सन्ध्या ….
के प्यार र योवन फरक पटा हुन ?
म …..
हुन बैनी
त्यही योवन मेट्नकै निमित्त ” योवनमा प्यार सितन बनाई मिसाइन्छ ।
फेरि मेरै प्रश्न थियो ।
छोड यी बर्तमानका कुरा भविस्यमा जाऊ आगामी दिनमा यो फूल कहाँ गएर फुलाउछौं ?
सन्ध्या …
यस्लाई जन्म दिन्छु दिदी म झुटो छैन् मैले त चोखो माया गरेको थिएँ एउटा देवता सम्झेर पूजें उ डुङ्गो निस्कियो ।
अब म बेसाहाराको ईस्वरले साहारा दिएँको सम्झेर यस्लाइ जन्म दिन्छु बनीबुतो गरेर भएँनी हुर्काउछु भन्दै भक्कानिदै रूदै
यो भावना सुनाईन् ।
“पंन्छिएँ प्यारका आँखा थिएँ दुईपल साथ
कसैको छैन् फुर्सद यहाँ थाम्न दिवाने हात
ओरालोमा छाया पनि मलाई वेवफानै मिलो
फुलको माला पर्खेथे तर पाएँ काँडाको हार “।
एउटा कुरा सोध्छु ल !
उन्को प्रश्न थियो फेरि
मेरो लागि खुशी लेखिएको छैन भने यो पींडाले पनि किन पछ्याई रहन्छ ?
म सम्झाउदै गएँ
जब सम्म जिन्दगी छ तब सम्म पींडाले पछ्याई रहन्छ ।
पीडा जब सकिन्छ सम्झ जिन्दगी पनि सकियो ।
त्यस्पछी सन्ध्या औंशिको रातमा टुकिको सायतामा खोज्न निस्किन भत्किएको भविस्य भिरालो बाटो गल्ली हुँदै …….।
हाल :- साइप्रस