फागुन १४ गते सरकारद्वारा सार्वजनिक विदा घाेषणा

सोमवार, फाल्गुन १०, २०७७

बारपाकसुलिकाेट, गोरखा । १० वर्षे महान जनयुद्धका क्रममा राज्यद्वारा कायरतापुर्वक ढङ्गले नागरिकहरुकाे हत्या गरि तत्कालिन राज्यले खुशी मनाएकाे थियाे ।  ब्रम्हचारिणी निम्न माध्यमिक विद्यालयमा ४ कक्षामा पढ्ने १० वर्षका रम्तेललाइ राज्यद्राेहकाे आराेप लगाउदै तत्कालिन शासकहरुले हत्या गरेका थिए । रम्तेल गणतन्त्र नेपाल स्थापनाका लागि बलिदान दिने पहिलाे व्यक्ति हुन । जनयुद्धका प्रथम शहिद रम्तेलकाे सम्मानका लागि बारपाक सुलिकाेट गाउँपालिकाले प्रत्येक फागुन १४ गते सार्वजनिक विदा प्रदान गर्दै आएकाे छ । स्थानीय गाउँपालिका सरकारका अनुसार उक्त दिन सार्वजनिक निकाय, शैक्षिक सँस्थाहरुमा विदा प्रदान गरिएकाे र त्यस दिन प्रथम शहिदकाे समृति दिवस मनाइनेछ ।

गणतन्त्र प्राप्तिका लागि घोषित जनयुद्धका प्रथम शहिद भएको र जनयुद्धकै जगमा संघीयता स्थापना भएकोले उक्त उपलब्धीको सम्मान स्वरुप फागुन १४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको गाऊँपालिका अध्यक्ष  विष्णु भट्टकाे भनाइ छ ।

विद्यालय परिसरमा खेलिरहेका बालक रम्तेलसँगै रामप्रसाद भट्टलाइ समेत प्रहरीले गाेली हानेकाे थियाे । घाइतेकाे उपचारका लागि गाेरखा ल्याइदै गर्दा रम्तेलकाे अश्राङ स्थित झिङ्टेमा निधन भएकाे थियाे । सूर्यज्योती माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले गरेको गिरफ्तारीविरुद्ध विद्यार्थीहरुले गरेकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गाेलावारी गरेकाे थियाे ।

गाऊँपालिकाको माघ २० र २१ गते भएको आठौं गाऊँसभाले गरेको यो निर्णय अनुसार दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसरमा अब हरेक वर्ष फागुन १४ गते सार्वजनिक बिदा हुनेछ ।