घरभित्रै मृत अवस्थामा भेटिएका बारपाक सुलिकाेट १ का तीन जनाकाे शव जाैवारी प्रहरी चाैकी लगियाे

सोमवार, फाल्गुन १०, २०७७

गोरखा । वारपाक सुलिकोट गाउँपालिका १ को धामी तोराङमा बेलुका संगै सुतेका तिन जना घरभित्रै मृत फेला परेपछि जाैवारीबाट गएकाे प्रहरीले तीन जना मृतकलाइ पाष्टमार्टमका लागि जाैवारी प्रहरी चाैकी लगेकाे छ । अनुसन्धानका लागि सोमबार बिहानै जौबारी प्रहरी चौकीबाट प्रहरी निरिक्षक इश्वर लौडारीको कमाण्डमा प्रहरीको टोली बारपाक पुगेको थियो । तर स्थानीय र मृतकका आफन्तले पोष्टमार्टम नगर्ने भन्दै अनुसन्धानमा केहि समय अबरोध पुर्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा ८४ बर्षका दिलबहादुर गुरुङ, २२ बर्षिया आईतकुमारी गुरुङ र १३ बर्षिया उषा गुरुङ रहेका छन् । दिलबहादुर र आईतकुमारी ससुरा बुहारी हुन भने उषा नातिनी भएको स्थानियले बताएका छन् ।

स्थानीय खेम घलेका अनुसार आज बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि झ्यालबाट चिहाएर हेर्दा उनिहरु सुतिरहेको र बोलाउदा नबोलेपछि ढोका फुटाएर हेर्दा मृत्यु भइसकेको खुलेको थियो । तीन जना मृत अवस्थामा देखीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

साँझ खाना खाएर सुतेका तिनै जनाको एक्कासी कसरी मृत्यु भयो भन्ने बारे अहिलेसम्म पनि रहस्य बाहिर आउन सकेको छैन । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनिहको घरभित्रै निसास्एिर मृत्यु भएको हुन सक्ने एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।

शव जौबारी स्वास्थ्य चौकी लैजान आएको प्रहरी टोलीलाई दिनभर अवरोध भएपछि सम्झाइबुझाई गरेर बेलुका ६ बजेपछि मात्रै शव लैजान स्थानीय राजी भएका थिए । अहिले प्रहरीले शवलाई जौबारी पु¥याएको छ । तर पोष्ट मार्टम भने  मंगलबार मात्रै हुने प्रहरीले बताएकाे छ ।

पोष्टमार्टम हुन बाँकी रहेकाले मृत्यूको कारण भने खुलेको छैन । घर भित्र साँघुरो कोठामा आगो बालेको चुल्हो रहेको र शवमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । खानामा विषाक्त परेकाे हुनसक्ने कतिपय स्थानीयले अनुमान समेत गरेका छन् ।