नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गाेरखाकाे अध्यक्षमा लेखबहादुर थापा र सचिवमा यादब बस्नेत

मङ्लबार, फाल्गुन ११, २०७७

गाेरखा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गाेरखाकाे अध्यक्षमा लेखबहादुर थापा र सचिवमा यादब बस्नेतलाई  चयन गरेको छ । नेकपाकाे केन्द्रीय समितिले परिपत्र गरी साे कुराकाे जानकारी दिएकाे हाे । नेकपा चाेइटिएपछि रिक्त पदमा प्रचण्ड माधव समूहले रिक्त पदमा पूर्ती गर्दै आएकाे छ ।

गाेरखामा माओवादी र एमाले बिच एकता हुँदा माओवादीबाट लेखबहादुर थापा अध्यक्ष एमालेबाट प्रेम गुरुङ सचिव थिए । गुरुङ ओली गुटमा लागेपछि उनको ठाउँमा यस अघि एमालेमा रहेका तर अहिले प्रचण्ड–माधव गुटमा लागेका यादब बस्नेतलाई जिल्ला सचिव तोकिएको हाे । बस्नेत एमालेमा रहँदा बामदेव गौतम निकट नेताका रुपमा चिनिन्थे । उनलाई ओली पक्षधरले केन्द्रिय सदस्यमा मनोनित गरेपनि उनले केन्द्रिय सदस्य त्यागेर प्रचण्ड–माधव समुहलाई साथ दिएका थिए ।

पार्टी एकताका लागि प्रचण्ड माधव समूहले नौ बुँदे मापदण्ड बनाएर  ५०–५० प्रतिशत हैलियतमा नेतृत्व टुङ्ग्याउने निर्णय आईतवार गरेको थियो । प्रचण्ड–माधव पक्षधरको नेकपामा पूर्व माओवादीले ३५ र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् भने नौ वटा जिल्लामा नेतृत्व टुङ्ग्याउन बाँकी छ । गण्डकी प्रदेशको छ जिल्लामा नेतृत्व टुङ्गिएको छ ।