सँसद पुर्नस्थापनाकाे पक्षमा गाेरखामा पञ्चैवाजा सहितकाे र्याली

बिहिबार, फाल्गुन १३, २०७७

गोरखा ।  संसद पुर्नस्थापना भएको खुसियालीमा गोरखामा पञ्चैवाजा सहितकाे  जुलुस निकालिएको छ । नेकपा गाेरखाले पन्चेबाजा सहितको जुलुस निकालेको हो । जिल्ला पार्टी कार्यालय पाटेचौरबाट निस्किएको पन्चेबाजा सहितको जुलुस हरमटारी चोकमा आइपुगेर सभामा परिणत भएको थियाे ।

काेण सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसलाले जनता र लोकतन्त्रको जीत भएको बताएका थिए । अदालतकाे निणर्यले संविधानको रक्षा  गरेकाे उनीहरुले बताए । । नेपाली जनताको अधिकार रक्षाका लागि सर्वोच्चले गरेको निणर्यले मुलुकमा संविधानवाद र कानुनी शासन जीवितै छ भन्ने सन्देश दिएको उनिहरुले बताएका छन् ।

सर्वोच्चको यो निणर्यले मुलुक ठुलो दुर्घटनाबाट बचेको उनिहरुको भनाई छ । नेपाली जनता, संविधान र राष्ट्रियतामाथि निरंकुशता लाद्न खोजेमा  डटेर लड्ने पनि उनिहरुले चेतावनी दिएका छन् । नेताहरुले संसद विघटनको विरोधमा सडकमा उत्रीएका सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् ।

नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण धिताल, सह इन्चार्ज अमर तमु, सचिव यादव बस्नेत लगायतले सम्बोधन गरेका थिए ।