माेटरसाइकल दुर्घटनामा गुरुङकाे मृत्यु

बिहिबार, फाल्गुन १३, २०७७

मुग्लिन फागुन । मुग्लिन–नारायणगढ सडकखण्डमा गएराति मोटरसाईकल दुर्घटना भएको छ। गएराति अन्दाजी सवा १० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको याच आर ३८ भि २०२१ भारतीय नम्बरप्लेटको ट्रक र सोहि दिशाबाट आउदै गरेको ग १२ प २८४४ नम्बरको मोटरसाईकल चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि इच्छाकामना गाउँपालिका ६ कालीखोला स्थानीय ३२ वर्षिय अमिर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।