अर्कान : २२१ २१२२/२२१ २१२२
हे धन्य वीर आत्मा यो जन्म धर्तिलाई सिंगार्न तम्सिएथ्यौ दुस्मन सबै भगाई ।
बैरी बिरुद्ध लड्दै सम्मान यस धराको लोहू बगाइ आफ्नो गर्दै गर्यौ लडाई ।
जागेर फेर् जगायौ प्रेमी जनै भुवनका त्यागेर शोक सारा आफै भयौ बिदाई ।
तिम्रो बखान गर्ने औकात भएन मेरो राष्ट्रै बचाई आफू लाग्यौ चिता सजाई ।
रोएर धर्ति आमा गर्छिन् विलाप तिम्रै जाऊन पुत्र भन्छन् स्वाधीनता दिल
सत्यराज जोशी ” पँकज ” बेलौरी न.पा. १० शिवनगर, कंचनपुर