भोलि बिहान .. आहा मेरा यी कयौँ विकराल रातको अन्त्य हुँने दिन । सम्झदा आँसु आउँछ जसरी देश छोडेर आउँदा आएको थियो । ती नाबालकलाई अंगाल्ने यादले । अल्तालिएँको आत्माले मात्र कल्पनामा रोइ दियो । यो सुखको खोजिमा प्रेमलाई निराशापनमा राखेको समय पनि अन्त्य हुँदैछ । कस्तो होला पहिलो पटक छोरालाई अंगालोमा अंगाल्दा आमाको मीठो बोली सुन्दा यस्तै कल्पनामा निदाएँको नि पत्तै भएँन छ ।
पत्रै पत्र पारेर मेरा यादका पोका संगेटी पींडाका खात लगाएर आँसुको चाविले कसि जिन्दगिको भरिलो भारी बोकेर वेटिङ्ग रुम जाँदै गर्दा झसङ्ग भएँ यहाँ त वकुल्लाको बथानमा काग जस्तो पो परेछु सबै गोरा बस्तिमा म एक्लै काली छक्क पर्दै आँखा डुलाउदै थिएँ अर्को साइटबाट हेर्दा त झन्डै गोराबस्तिकै जस्ती देखेने सल्क्क जिऊ कपालको रङ्ग बदलेर सेटो बनाएको गौँगोरी परेका एक आँखा सङ्ग आँखा जुध्यो ती आँखा पनि म जस्तै साथ खोज्दै रहेछन्न ।
“उनैले पहिला बोलाईन” नेपाली हो ? । “हो तर कसरी चिन्नु भयो” ? नेपाली भनेर सोध्दा छक्क नि परे ! उनिले सजिलै उत्तर दिइन नाकको फुलिले … एक्छिन हाँसो भयो …….!
म सन्ध्या ( उन्ले छोटो परिचए दिइन )
छोटो समयमा हामी आत्मिय साथी भयौं र यसै क्रममा उन्ले भनिन् ” दिदी म त आज भन्दा 2 महिना पहिला नेपाल गएकि थिएँ
ए हो र ? किन फेरि यति चाडै फर्क्नु भएको ? फर्कने सुर थियो भने किन फेरि आएको त ? भन्दा उन्ले भनिन ….! म फर्कने बिचारले आएको थिइन फेरि एक्त हामी छोरी मान्छे पर्देशिनुमा नि ठूलो चोट लुकेको हुन्छ नत्र आफ्नो प्राण भन्दा प्यारो देश छोडेर किन पर्देश हिड्थेउ र ?
आई नैँ गएको थिएँ थोरै भएँ नि रिन तिरेर जने थिएँ त्यस्तै बाध्यता परो त्यहीँ भएर फर्कनु परेको
उन्को कुरा सुन्दा निकै ठूलो रोगपो लागे छ कि के भएछ यस्तो ! जान्ने बिचार जाग्यो र सोधेँ बैनी मा�
सुमित्रा पाठक हाल:- साइप्रस