सहिदलखन, ३० माघ । शहिद लखन गाउँपालिकाले फागुन २ गते प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस मनाउने भएको छ। जहानियाँ राणशासनको विरुद्ध जनसंगठन बनाई लड्दा मृत्युदण्ड पाएका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा गाउँपालिकाले फागुन २ गते स्मृति दिवस मनाउन लागेको हो।
गाउँपालिकाले वडा नं. ७ स्थित बुंकोटमा विविद्य कार्यक्रम गरी स्मृति दिवस मनाउन लागेको गाउँपालिकाका शिक्षा समन्वयकर्ता एवं कार्यक्रम संचालक मोहनराज विष्टले जानकारी दिए ।
प्रथम शहिद लखन थापा मगरले सदाहत प्राप्त गरेको दिन फागुन २ गते गाउँपालिकाभर सार्वजनिक विदा दिने भएको छ। गाउँपालिकाले हरेक वर्ष झै यसवर्ष पनि उक्त दिन सार्वजनिक विदा दिने भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले बताए ।
फागुन २ गते एेतिहासिक दिन हाे । त्यस दिन पालिका भित्र रहनु भएका सहिद वेपत्ता परिवाजनहरुलाइ सम्मान गरिने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।