१
मेरो फूलबारीमा त्यसै उँ जल्दो रहेछ भित्र भित्रै अनायसै किन बल्दो रहेछ बुझिनछु मैले पीडा नरोप्नु रैछ फूल गन्तव्य छोडेर अध्यारोमा चल्दो रहेछ ।
२
गरौंकी झै लाग्छ मनका कुरा जब बज्छन तिम्रा हातका चुरा मृगनयनको त के बयान गरौं भन हेरे पछि अनि लाग्छ मुटुमा छुरा
३
पीरतिका कुरा सुनी छक्क परे म त मीठा मीठा कुरामा मक्ख परे म त दिदा रैछौ मुटु कलेजो एकै पटक तिमी संङ्गै जीवन बिताउन निर्धक्क परे म त
४
जसै मानवलाई बाच्न सासको आवस्यक छ रत मेरा यात्रामा तिम्रो साथको आवस्यक छ आउनत आयौं यश धर्तिमा मेरै लागि मात्र हो हाम्रो माया जताउन एक रातको आवस्यक छ ।
५
उताब चडाव आउछन् जान्छन् छाल जस्तै समय बगिरह्यो जिन्दगी टिकाएँ ताल जस्तै । बाच्नलाई कहिले सोंचिन बचाउन सधैँ सोंचे जिन्दगी अल्झाउने माया रहेछ जाल जस्तै ।।
सुमित्रा पाठक हाल :- साइप्रस