आँखा भरि सपना सजाएर हिँडेकोछु दिल भित्र चाहना दबाएर हिँडेकोछु
भन्ने कुरा धेरै थियो लुकाउन सकिन आँसुलाइ आखैमा बगाएर हिँडेकोछु
ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु
तिमि ले दिएको चोट कसरी बिर्सु अब सम्झना आउनेछ सताएर हिँडेकोछु
मायाले धोकाको मोहर लगायो कसरी मुटु भित्र मायालाइ जलाएर हिडेँकोछु
सोमनाथ लुइटेल रवि पाल्पाली