फागुन १, गोरखा। सम्भव नेपाल नामक संस्थाले गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामग्री बितरण गरेको छ । बिहिबार सो गाउँपालिकाको केन्द्र सिर्दिबास पुगी पूर्व उपप्रधानमन्त्री एवं काङ्ग्रेका नेता प्रकाशमान सिंह र संभव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा विद्यार्थीलाई सामग्री बितरण गरेका हुन् ।
चमुनब्रीबाट सुरु भएको पोशाक तथा शैक्षिक सामग्री वितरण अभियान गोरखाको धार्चे र भीमसेनथापा गाउँपालिकाका ८८ वटा विद्यालयमा संचालन गर्ने सो संस्थाका अध्यक्ष खत्रीले बताउनुभयो । धार्चे गाउँपालिकाका २५ वटा विद्यालयका चार हजार २० विद्यार्थी, भीमसेन थापा गाउँपालिकाका ४३ वटा विद्यालयका पाँचहजार तीन सय विद्यार्थी गरी १० हजार छ सय ९३ विद्यार्थीलाई सामग्री बितरण गरिने उहाँले बताउनुभयो ।
विद्यार्थीलाई ट्रयाक सुट, टोपी, स्कूल ब्याग र होमवर्क डायरी बितरण गरिएको छ । एउटा विद्यार्थीका लागि करिब सत्रसय रुपैयाँ बरावरको सामग्री बितरण गरिएको संस्थाले जनाएको छ ।