साहित्य

नारायण न्यौपाने निर्दोश को मन छुने गजल

By मनासलु

February 13, 2021

 

आउँछन् बोल्छन् केही कुरा लिएर जान्छन् र अन्तिममा चुरोट जस्तै कुल्चिएर जान्छन्

सत्य बोलेर आजभोलि म एक्लो भएको छु ठिकै छ मन नमिल्ने हरु टाढिएर जान्छन्

केवल याद र पीडा रहेछन् सँगै बस्ने भनेका मनमा बस्नेहरु मौका हेरि फर्किएर जान्छन्

सबैलाई राम्रो गर्दागर्दै नराम्रो नतिजा आयो फलस्वरूप आँखाका आँसु पोखिएर जान्छन्

ए आफन्त हो तिमीहरू मेरो गला रेटिदेऊ दुश्मनले त एकपटक मौका दिएर जान्छन्

नारायण न्यौपाने निर्दोश पाल्पा नेपाल हाल साउदी अरेबिया