साहित्य

ब्यङग्य कविता :बतासे भ्यालेन्टाइन

By मनासलु

February 14, 2021

आज फूल दियाे भाेली भुल्दियाे

पर्सि अर्कै सङ्ग डुल्दियाे यस्ताे चलन खै कस्ले हुल्दियाे?

अर्काकाे चलन जस्ताे नि हुल्याे आफ्नाे सँस्कृती सबै भुल्याे!

दिल दिए पाे दिगाे हुन्थ्याे एक अर्काकाे मनमा छुन्थ्याे

एउटाका कुरा अर्काले सुन्थ्याे सङ्गै हाँस्थ्याे सङ्गै रुन्थ्याे

फूल दिएर ला काे माया उत्तिखेरै दायाँ र बायाँ

फूल जस्तै फूस्स हुनि के काे हुन्थ्याे दिल छुनि!

फूलमा जसरी भँमरा बस्छ एउटा चुसेर अर्कामा पस्छ

छानि-छानि फूल ति डस्छ उड्छ भँमराे फूल चाँहि खस्छ

प्रेमलाइ बनाए अति सस्ताे त्यहि फूल अनि भँमरा जस्ताे!

फूलका बाेटकाे नि सत्यानाश प्रेम शब्दकाे उपहास

दिवशका नाममा छरेर भ्रम आकर्षणलाइ भनेउ प्रेम

दीन दु:खीमा छैन प्यार हत्या हिम्सा बलत्कार

कस्ताे बतासे चलन अायाे फूल दियाे माया लायाे!

दिल नसाँटि फूल साँट्याे मनका कुरा सबै ढाँट्याे

ढाँटेका कुरा र साँटेकाे फूल प्रेमका नाममा गर्दियाे भूल

एउटाकाे हतियारमा अर्काकाे पाइन आयाे बतासे भ्यालेन्टाइन

-अर्जुनराज पन्त ,बाग्लुङ मुलपानि (ब्यङग्य कवि पहिलाे ब्यङग्यकाब्य ‘काेइली’का समेत लेखक हुन)