१ जिन्दगी धेरै नै छ छोटो। बिर्सिदिन् हेर्दैछु म फोटो॥ २ बिहानीको उदाउँदो झुल्के घाम। यो छातीमा सजाउँछु तिम्रै नाम॥ ३ मगमग बास्ना चल्यो ईन्द्रकमल फूल त्यो फूलमा भमरा भै कोहि पनि नभुल॥ ४ झुटा कसम नखाएरै लाउँछु मैले माया। नपत्याय बसिदेउन दिलको दायाँबायाँ॥ ५ चिसो मौसम आयो भनि कहिल्यै नआतिनु। धन दौलत सुख हुँदा कहिल्यै नमातिनु॥
पुर्ण बहादुर श्रेष्ठ “हृयङकृत” पनौती-३काभ्रे