साहित्य

समय बिद्रोही छ, देखेर सबै के गर्छौ आफ्नै यी बाहुपासले बिद्रोह गरेपछि!

By मनासलु

February 22, 2021

चिहानबाट लासले बिद्रोह गरेपछि के होला आफ्नै सासले बिद्रोह गरेपछि!

सधैं आफ्नो अनुकुल सोच्ने गल्ति नगर्नुस् स्वयं आफ्नै बिस्वासले बिद्रोह गरेपछि!

हरेक ठाउँमा विभाजन गर्दै कहाँ पुग्छौ खाँदै गरेको गासले बिद्रोह गरेपछि!

कहाँ रमाउला यहाँ स्वतन्त्रताको नाममा ए पन्छि आकासले बिद्रोह गरेपछि!

समय बिद्रोही छ, देखेर सबै के गर्छौ आफ्नै यी बाहुपासले बिद्रोह गरेपछि! (डी पि दोभान)