Breaking News

१३ दिन भित्र प्रतिनिधिसभाकाे बैठक बाेलाउन सर्वाेच्च अदालतकाे परामादेश

By मनासलु

February 23, 2021

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ। मंगलबार संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्चले सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ‘ब्युँतिएको’ छ। प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए।