Breaking News

अहिलेको युग भनेको सुचना प्रविधिको युग हाे : मन्त्री चुमान

By मनासलु

February 25, 2021

आँबुखैरेनी, फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले अहिलेको युग भनेको सुचना प्रविधीको युग रहेको बताएका छन् ।  तनहुँको आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री चुमानले साे कुरा बताएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी पोखरा र आँबुखैरेनी गाउँपालिकाको सहयोग तथा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा सो अन्तक्रिया कार्यक्रम सुरु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले भने, ‘अहिलेको युग भनेको सुचना प्रविधिको युग हाे’  जस्को सुचना प्रविधिमा पकट छ त्यो नै बलियो रहने बताए । सूचना प्रविधिको विकासमा दिनप्रतिदिन अपग्रेड हुदै गएको र पत्रकारहरुले ती प्रविधिहरुको बारेमा थाहा पाउनुपर्ने र सहि तरिकाले उपयोग गर्नुपर्ने मन्त्री चुमानकाे सुझाव थियाे ।

पत्रकारलाई कसैले पनि जिम्मेवार नबनाउने र स्वयम् आफैंमा जिम्मेवार हुनुपर्ने उनले बताए । जनता प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउनुहुदै पत्रकारले गुणस्तरलाई पनि विकास गर्दै अगाडि बढ्नुपर्ने बताए ।

सूचना प्रविधिको विकास र अबको पत्रकारिता” विषयक अन्तरक्रियाको बुधबार पहिलो दिनमा ग्लोबल मल्टिमिडियाका पत्रकार रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा भएको बृहत अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आर्चाय, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडे्ल, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, फोनिज गण्डकी प्रदेशका ईन्चार्ज हुम बहादुर गुरुङ्ग, राससका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेत, संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष भरत कोइराला तथा फोनिज गण्डकी प्रदेशका पदाधिकारी लगाएत क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमवी आस्था मगरले बताए । कार्यक्रममा काठमाण्डाै, तनहुँ र कास्कीका गरी ६५ जना पत्रकाहरु सहभागि रहेकाे उनले बताए ।