साहित्य

सत्यराज जोशी ” पँकज ” ज्यु को छन्दमा गजल

By मनासलु

February 25, 2021

१८, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ पिङ्गल छन्द – विद्याधर सूत्र – मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्

SSSS SSSS SSSS

धोकेबाज भो माया निर्मोहीका लाग्दा भक्कानो नै फुट्यो त्यै मोरीले त्याग्दा ।

ज्यूँदो लास भै आजै घुम्दै प्राण जाला हर्षित् हुन्छिन् पक्कै मेरो ज्यानै दाग्दा ।

अस्ताएको चाँद् झैं भो यो जिन्दगानी पिट्दै छिन् लौ ताली मुर्छाबाट जाग्दा ।

देखें आजै प्रेमको व्यापार भो है मेरो लीलाममा बिक्दैछ थाके भीक माग्दा ।

भेट्यो उसले चिल्लो सौदागर् मायाको पलमैं मुर्छित् पार्छे उसले छोडी भाग्दा ।              सत्यराज जोशी ” पँकज ” बेलौरी न.पा.१० शिवनगर , कंचनपुर