मुक्तक १
सक्छौ भने पिरमा पनि तिमी, हाँसेर देखाउ भुलिदेउ तनाब सबै, अभिछिन्न नाचेर देखाउ जीवन तनाबग्रस्त बनाउने, आफ्नै मनमस्तिष्क हो सक्छौभने मेरो जीवन, एकदिन बाँचेर देखाउ
मुक्तक २
मेरो लकिर तिम्रो भाग्य कोरिदिने भाबी एउटै मन र मुटु चलाउने ढुकढुकिको चाबी एउटै आमाका स्तन सगै चुसि हुर्किएका तिमी र म किन भएन अधिकार र सम्पतिमा दाबी एउटै
मुक्तक ३
एक दिन लाग्ने मेलो पनि,छिनमै तुरेर बसेकी छु उनी आउने बाटोका खाल्डाखुल्डी, पुरेरबसेकी छु मिलनको कल्पनामा लजाउदै,घरी मुस्कुराउदै यतैबाट आउलान् हेर्दै,कान्ला कुरेर बसेकी छु
मुक्तक ४
नदिले लिने गतिझै,जिन्दगीको बाटो तय हुनुपर्छ निडर बन्नुपर्छ तर इज्जत जाने भय हुनुपर्छ म भन्दिन तिम्रो करोडौं माया चाहिन्छ भनेर म लाखौमाया गर्छु तिम्रोपनीत सय हुनुपर्छ
मुक्तक ५
कवि को सोचाइन हो कालजयी गित कबिता लेखिन्छन भावगंगाझै सलल बगिरहने सरस सरिता लेखिन्छन कलम कापी र कल्पना भए के लेखिदैन र हजुर अझैपनी महाभारत झल्काउने भागवत गिता लेखिन्छन
राधा रमा इटहरी नेपाल