आरुघाट गाउँपालिकाद्वारा किसानलाइ दुध दिने उन्नत गाइ वितरण

शनिबार, फाल्गुन २२, २०७७

आरुघाट गाउँपालिका, गाेरखा । किसानहरुकाे बालीनालि सखाप पार्ने बाँदर धपाउन केही समय अघि किसानहरुलाइ बन्दुक वितरण गरेकाे आरुघाट गाउँपालिकाले शुक्रबार  किसानहरुलाइ उन्नत जातकाे गाइ वितरण गरेकाे छ ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशतमा उन्नत जातको गाई बितरण गरेकाे हाे । गाइकाे मुल्य अनुसार प्रत्येक किसानहरुका लागि ५० हजार सम्म अनुदान रकम प्रदान गरिएकाे आरुघाट गाउँपालिका पशु शाखाका प्रमुख इन्द्रहरी खनालले बताए । पालिकाले १० वटा गाइ वितरण गर्ने लक्ष्य लिएकाे र ६ वटा वितरण गरिएकाे खनालले बताए ।

उन्नत जातका जर्सि गाइ वितरण पछि पालिकामा दुधकाे उत्पादन बढ्ने र यसले बजारकाे मागलाइ पूरा गर्दै जाने गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहालले बताए ।  दुध उत्पादन बढाएर दुध बजार क्षेत्रमा बिक्री गर्ने दुग्ध उद्याेग सञ्चालन गर्ने गाउँपालिकाकाे लक्ष्य रहेकाे उनकाे भनाइ छ । यस अघि किसानहरुलाइ राँगाे पालनका लागि अनुदान दिइएकाे उनले बताए । बाँदर धपाउने बन्दुक देखी दुध दिने गाइ वितरण गर्ने पालिकाे गाेरखामा नै पहिलाे रहेकाे उनले बताए । काम गर्ने किसानहरुका लागि सहयाेग  गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताए ।