खुला भलिवलकाे उपाधि ताक्लुङ युवा क्लवले जित्याे

सोमवार, फाल्गुन २४, २०७७

आँवुखैरेनी, तनहुँ । नविन सम्म टाेल युवा क्लवकाे आयाेजनामा भएकाे  पाँचाै खुला पुरुष भलिवल प्रतियाेगितकाे  उपाधी ताक्लुङ युवा क्लव गाेरखाले जितेकाे छ ।  फाइनल खेलमा आयाेजक नविन सम्म टाेल युवा क्लवकाे टिम ए लाइ हराउँदै ताक्लुङ युवा क्लवले प्रथम उपाधि प्राप्त गर्न सफल भएकाे हाे । ताक्लुङ युवा क्लवले लगातारकाे साेझाे तीन सेट खेलमा नविन सम्म टाेललाइ हराएकाे थियाे ।

कुल १२ टिम सहभागि उक्त खेलमा नविन सम्म टाेल युवा क्लव दितिय र कट्टा गायज युवा क्लव धानथर तृतीय भएका छन् । विजेताहरुले क्रमश : बाेका ठूलाे बाेका सानाे र भालेका साथै मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । तिन दिन सम्म भएकाे उक्त खेलकाे उद्घाटन गाउँपालिका अध्यक्ष गीर बहादुर थापाले गरेका थिए ।

क्लवका अध्यक्ष भीम बहादुर खवासकाे अध्यक्षतामा भएकाे उक्त खेल निक्कै प्रतिष्पर्धात्मक रहेकाे आयाेजकले जनाएकाे छ । विभिन्न सँघ स‍ँस्था,युवा क्लव, आमा समूह,सहयाेगी व्यक्तिहरुकाे सहयाेगबाट खेल सम्पन्न गर्न सकिएकाे क्लवका अध्यक्ष भीम खवासले बताए ।