ऐतिहासिक स्थलहरुकाे सँरक्षणमा शहिदलखन गाउँपालिका प्रतिवद्ध छ : गाउँपालिका अध्यक्ष रमेश थापा मगर

बिहिबार, फाल्गुन २७, २०७७

शहिदलखन ( बुँकाेटघाट), गाेरखा । शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले ऐतिहासिक सँरचनाहरुकाे सँरक्षण गर्नका लागि गाउँपालिकाले सकेकाे सहयाेग गर्ने बताएका छन् । भीम विरेश्वर महादेव मन्दिर सँरक्षणका लागि पालिकाले यस अघि पनि सहयाेग गरेकाे र पुन: सहयाेग गर्दै जाने बताए ।  बि.सं १८८८ मा भीमसेन थापाद्वारा निर्मित भीम बिरेश्वर महादेब मन्दिर बुंकोटघाटमा आयोजित कार्यक्रममा बाेल्दै थापाले साे कुरा बताएका हुन् ।

शहिद लखन गाउँपालिका वडा नम्बर ९ नामजुङ स्थित बुँकाेटघाटमा रहेकाे उक्त मन्दिर नेपालका प्रथम प्रधानमन्त्री  भीमसेन थापाले निर्माण गरेका हुन् । १९० वर्ष पुरानाे उक्त मन्दिर  बुढीगण्डकी नदि, वही खाेला र  मस्तेखाेलाकाे सँगमस्थलमा रहेकाे छ ।

बुढीगण्डकी जलविद्युत परियाेजनाका कारण मन्दिर क्षेत्र डुवानमा पर्ने भएपछि मन्दिरमा भएका सामग्रीहरु स्थानीय तहकाे राेहवरमा स्थानीयहरुले सँरक्षण गर्न थालेका छन् । मन्दिरलाइ नयाँ ठाउँमा स्थापित गर्नका लागि गाउँपालिकाबाट जग्गा व्यवस्थापन गर्ने काम भइरहेकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगर बताउँछन् । मन्दिर निर्माण समितिले मन्दिरमा भएका महत्वपूर्ण सामग्रिहरुकाे सँरक्षण गरिरहनु भएकाे छ, जग्गा व्यवस्थापन भएपछि पुरानै अवस्थाकाे मन्दिर पुन: बनाइने थापाले बताए ।

भीम विरेश्वर महादेव मन्दिर व्यवस्थापन गुठि का अध्यक्ष  सुरेन्द्रि थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शहिद लखन वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  प्रमुख अथिति राम प्रसाद ज्वालामुखि गाउँपालिका वडा नम्बर छ का वडा अध्यक्ष कृष्ण प्रसाद काप्री लगायतले मन्दिरकाे सँरक्षणका बारेमा आफ्ना धारणा राखेका थिए ।

महाशिवरात्री पर्वकाे अवसर पारेर गुठि व्यवस्थापन समितिले एक दिने शिव पुराण कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । कार्यक्रममा महिलाहरुले पुजाअर्चना साथै भजनकृतन  गरेका थिए । शिवरात्रिका दिन पारेर हरेक वर्ष यस क्षेत्रमा धार्मिक मेला लाग्ने गर्दछ ।