उन्नत जातकाे काेदाे र तीते फापर खेतीकाे प्रवर्द्धन गण्डकी प्रदेशमा पहिलाे पटक गाेरखाकाे शहिदलखनमा

शनिबार, फाल्गुन २९, २०७७

शहिदलखन,गाेरखा । उत्पादन बढाउने उदेश्यका साथ गाेरखामा उन्नत जातकाे काेदाे र तिते फापरकाे खेती विस्तार हुने भएकाे छ । गण्डकी प्रदेशमा पहिलाे पटक शहिद लखन गाउँपालिकामा पहाडीबाली अनुसन्धान कार्यक्रम लागू भएकाे हाे ।

हालसम्म गाेरखामा गरिने काेदाे खेतीमा डल्ले, ओख्ले लगायतका जात रहेका छन् । यीनीहरुकाे सरदर उत्पादन प्रति राेपनी एक मुरी रहेकाे र यी विउहरु २०३७, २०४७ सालमा विकास नार्कका बज्ञानिकहरुले बताएका छन् ।

जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ५ स्थित काेटथाेक र  काउलेमा २०७३ सालमा विकास भएकाे काब्रे २ नामकाे काेदाे खेती गर्न लागिएकाे हाे । यसकाे उत्पादन अन्य जिल्लामा प्रति राेपनी ३ मुरी भइरहेकाे र गाेरखामा पनि यसलाइ प्रयाेगमा ल्याउन लागिएकाे वरिष्ठ कृषि वैज्ञानिक एवम् वालिराेग विशेषज्ञ डा.सुवास सुवेदीले बताए । जमिनकाे अवस्था,हावापानी,माटाेकाे अवस्था हेरेर केही वर्ष विउ उत्पादन गर्ने र त्यसलाइ विस्तार गरी उत्पादन बढाउने याेजना  नेपाल कृषि अनुसन्धान परिषद (नार्क) काे रहेकाे उनले बताए ।

दाेलखा जिल्लामा कार्यालय रहेकाे पहाडीवाली अनुसन्धान कार्यक्रमका प्रमुख रहेका सुवेदीले भने, ‘उत्पादन बढाउनका लागि काम गर्ने हाे अरु जिल्लामा सफल भएकाे छ, गाेरखामा अन्यथा नहाेला हामी अनुसन्धानकै क्रममा छाैँ । ‘

काेटदेवी काेदाेवाली महिला कृषक समूह र सुनाैलाे विहानी काेदाेवाली महिला कृषक समूहका गरी कुल ६६ जना महिलाहरुले पहाडीवाली विकास कार्यक्रम अन्तर्गत दाेलखाबाट विउ ल्याइ उत्पादन कार्यक्रममा सहभागिता जनाएका छन् ।

हाल सम्म नेपालमा काेदाेका पाँचवटा जातहरु सिफारीस भइ खेती हुँदै आएका छन् । गाेरखामा कम उत्पादन दिने पुराना जातका बालिकाे खेती हुँदै आएकाे नार्कका बैज्ञानिकहरुले बताएका छन् । उन्नत जातकाे खेती विस्तार गरेर उत्पादन बढाउन सकिने उनीहरुकाे भनाइ रहेकाे छ ।

बदलिदाे समय अनुसार वैज्ञानिक ढङ्गबाट खेति गरी उत्पादकत्व बढाउन किसानहरुलाइ सहजिकरण गर्ने र अन्य रैथाने बालिहरुकाे विकास र विस्तारका लागि किसानहरुलाइ सहयाेग गर्ने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

तीते फापरकाे उत्पादनका लागि शहिदलखन गाउँपालिका वडा नम्बर ६ भाँगवारीका २६ घरपरिवार सामेल भएका छन् । काेदाे खेती र तिते फापर खेतीका लागि करिव १० हेक्टर जमिन प्रयाेगमा ल्याउने पहाडीवाली अनुसन्धान कार्यक्रमकाे याेजना रहेकाे सहमति सँस्थाका परियाेजना सँयाेजक शिव सुवेदीले बताए ।

तीते फापर बहुउपयाेगी बालि हाे । यसकाे पात र डाँठ दालका लागि प्रयाेग गरिन्छ भने फापर विभिन्न खाद्य परिकार बनाउन प्रयाेग हुँदै आएकाे छ ।

शहिदलखन गाउँपालिकामा काेदाे एवम् तीते फापर प्रवर्दन तथा अनुसन्धान कार्यक्रमका लागि सिप विकास तालिम आज देखि सुरु भएकाे र साे कार्यक्रममा यसबारेमा जानकारी दिइएकाे थियाे ।

काेदाेबाली खेतीका लागि वडा नम्बर ५ ताक्लुङ स्थित काउले , वडा नम्बर ६ घैरुङ स्थित काेटथाेक र तीते फापरका लागि भाँगवारीका नागरिकहरु सामेल भएका छन् ।