शहिदलखन गाउँपालिकाले दियाे अनुदानमा किसानहरुलाइ उन्नत जातकाे व्याड बाेका

सोमवार, चैत्र २, २०७७

शहिदलखन, गाेरखा । शहिदलखन गाउँपालिका गाेरखाले पालिका भित्र रहेका बाख्रा पालक किसानहरुका लागि उन्नत जातकाे वाेयर व्याड बाेका अनुदानमा वितरण गरेकाे छ ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगर देखि ले वडा नम्वर १ देखि ९ सम्मका १४ जना किसानहरुलाइ ७५ प्रतिशत अनुदानमा वाेयर बाेका आज हस्तान्तरण गरेका छन् । प्रति बाेका ६३ हजार लागत रहेकाे र २५ प्रतिशत रकम किसान आफैले लगानि गरेका शहिदलखन स्थित पशु सेवा शाखाले जनाएको छ ।

उन्नत जातकाे बाेका पाएपछि किसानहरु खुशि हुदै घर गएका छन् । गाउँपालिकाले किसानहरुकाे हितमा काम गरिरहेकाे किसान प्रकाश लामिछाने बताउँछन् ।

वडा नम्बर १ का वेल बहादुर थापा,३ का दिपेन्द्र कुमार श्रेष्ठ, निरु कुमारी श्रेष्ठ,२ का गणेश थापा, ६ का भरत गुरुङ,  मानसिँ राना, ७ का झटक बहादुर आले, विमला खनाल, सुनिता खनाल,८ का कपिल अँगाइ, विमला रम्तेल, ९ का खेम प्रसाद ढकाल, प्रकाश लामिछानेलाइ बाेयर बाेका प्रदान गरिएकाे हाे ।