
चितवन,खैरहनी । तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।
कार्यक्रमकी मुख्य निर्णायक मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् ।
प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरीकुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् ।
बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, बेस्ड डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन् ।
यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् ।
श्रेष्ठले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेको बेला पुरुषहरुले कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन् ।
सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइ दिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आशकुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे ।
बेस्ट फोटोजेनिक विजय चौधरी, बेस्ट ट्यालेन्ट प्रशान्त हुजदार, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ हरेन्द्रकुमार चौधरी, बेस्ड डिसिपिलिन कमलकुमार चौधरी, बेस्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस भागवती चौधरी र बेस्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरू प्राप्त गरे ।