Breaking News

स्वास्थ्य चाैकी भवन देखाएर भूकम्प लाभग्राही सूचीमा नाम लेखाउनेलाइ कारवाही गर्ने

By मनासलु

March 02, 2021

शहिदलखन गाउँपालिका, गाेरखा । गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चाैकी भवन देखाएर भूकम्प लाभग्राही सूचीमा नाम लेखाउने ज्ञान प्रसाद सँग्राैला माथि छानविन गरी कारवाही गर्ने शहिद लखन गाउँपालिकाले जनाएकाे छ ।

विभिन्न सञ्चार माध्यममा आएकाे समाचार बारेमा गाउँपालिका अध्यक्ष रमेश थापा मगरसँग मनासलु डटकमका सम्पादक राजेन्द्र न्याैपानेसँग  कुरा गर्दा उनले भने ‘नक्कली भूकम्प पिडितहरुलाइ कारवाही गर्न गाउँपालिका पछि पर्दैन, हाम्रा जनप्रतिनिधि माथि लगाइएका आराेपहरु निराधार छन, सँधै खटेर काम गर्ने जनप्रतिनिधिहरु, गाउँपालिका उपाध्यक्ष माथि लगाइएका आराेपहरुमा सत्यता  छैन । ‘ समृद्ध गाउँपालिका निर्माणकाे अभियानमा गाउँपालिका भित्रका जनप्रतिनिधीहरु माथि निरन्तर हमला भइरहेकाे उनले बताए ।

फर्जी कागजात तयार गरी राज्यलाइ नाेक्सान पुर्याउनेहरुलाइ छानविन गरी कारवाही गरिने उनकाे भनाइ छ । छापा तथा अनलाइन माध्यमहरुमा शहिदलखनका बारेमा आएका समाचारका बारेमा उनले उक्त टिप्पणी गरेका हुन् ।