साहित्य

कविता : म सहन सक्दिनँ

By मनासलु

March 04, 2021

मेरो आमाबुबा को ढाड र छातीमा पराईका बुटका लात म सहन सक्दिनँ मेरा लिपुलेक र कालापानीमा पराईको दावि म सहन सक्दिनँ म त देशभक्त स्वाभिमानी नेपाली हुँ कसैको अन्याय र अत्याचार म सहन सक्दिनँ ।। कालापानी र लिपुलेकबारे भारत ले अत्याचार गरे म सहन सक्दिनँ सिमाना पिलर कहाँ विलिन हुदैछन् त्यो पनि म सहन सक्दिनँ म त वीर नेपाली हुँ मानब क्रान्तिको राँको दन्काउदै छु पराई सामु घुडा टेक्न जान्दैन पराई दमन म सहन सक्दिनँ ।। मेरो कालापानी र लिपुलेकलाई पराईले दावि गरेको म सहन सक्दिनँ कालापानी मा पालेका बोट बिरुवामा पराईले मेजमान गरेको म सहन सक्दिनँ मेरो कालापानी ‌मा ‌हरेक कृयाकलापहरुमा पराईको हस्तक्षेप म सहन सक्दिनँ म त वीर नेपाली हुँ आत्म समर्पण गर्न जान्दिन ।। विदेशी सँगको असमान सन्धि कुनै मान्दिन पराई सामु घुडा टेक्न जान्दैन पराईको दमन र अत्याचार म सहन सक्दिनँ ।।

दिपक धमाला तुर्माखाँद गा.पा.८ धमालि