अँधेरीमा जुनका कुरा नगरेकै जाती हुन्छ! बेहोसीमा उनका कुरा नगरेकै जाती हुन्छ!!
मधुर त्यो बोलीसँग संगीतको ताल मिल्दा! बिरत्तीमा धुनका कुरा नगरेकै जाती हुन्छ!!
गुलिया छन् शब्दहरू त्यो भन्दा नि भाका मिठो! मिठाइमा नुनका कुरा नगरेकै जाती हुन्छ!!
हिरामोती महलको खुसी होला जिवनशैली! गरिबलाई सुनका कुरा नगरेकै जाती हुन्छ!!
के दिनु र अब बाकि सकेजति दिएकै हो! बैगुनिलाई गुनका कुरा नगरेकै जाती हुन्छ!!
नाम: नरविन साउद सुदुरपश्चिम बैतडी सीगास गाउँपालिका हाल भारत, तामिलनाडु