शहिदलखन गाउँपालिका (कान्टार), गाेरखा । शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले गाउँपालिका भित्र रहेका प्रत्येक वस्तीका घर घरमा खानेपानी पुर्याउने याेजना गाउँपालिकाकाे रहेकाे र निरन्तर काम भइरहेकाे बताएका छन् । कान्टार केउरेनी खानेपानी खानेपानी आयाेजनाकाे आज उद्घाटन गर्दै थापाले साे कुरा बताएका हुन् ।
शहिद लखन गाउँपालिका , अक्फाम, माेट म्याकडाेनाल्ड,तुलसी मेहर युनेस्काे क्लव लगायतका सँस्थाकाे सहयाेगमा करिव ६९ लाख लागतमा ९२ वटा घरमा धाराहरु जडान गरी पानी सूचारु गरिएकाे छ । शुक्रबार गाउँपालिका अध्यक्ष थापाले धाराकाे पानी खाेलेर उद्घाटन गरेका थिए ।
नागरिकहरुकाे शुद्ध पिउने पानी प्राप्त गर्ने अधिकारलाइ मूर्त रुप दिन गाउँपालिकाले विभिन्न सँघ सँस्थाहरुसँग मिलेर काम गरिरहेकाे थापाले बताए ।
रामकृष्ण अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा तुलसी मेहर युनेस्काे क्लव गाेरखाका अध्यक्ष धिरज बहादुर मास्के, प्रतिक्षा अर्याल, इश्वर दुवाडी लगायतले मन्तव्य राखेका चित्र सार्कीले जानकारी दिए ।
समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मनकामना युवा क्लवले नाचगान सहितकाे साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाे थियाे । चर्चित कवि नारायण पाेखरेलले कविता वाचन गरेका थिए भने लाेक गायक माेहन वसेलले गीतबाट स्थानीयहरुलाइ नचाएका थिए ।
गाउँका घर घरका धारामा पानी आएसँगै घण्टाै लगाएर पानी लिन टाढा जानुपर्ने बाध्यता हटेकाे स्थानीय इश्वर दुवाडिले बताए ।