Breaking News

नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार विहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने

By मनासलु

March 06, 2021

 मुग्लिन ।  पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार विहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने भएकाे छ ।  फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द हुने भएकाे हाे । सडक खण्ड बन्द रहने भएकाले वैकल्पिक मार्गकाे प्रयाेग गरेर मात्र यात्रा गर्न आयोजनाका इन्जिनीयर सविना रानाभाटले सुझाव दिएका छन् ।

सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ।