शहिदलखन (बुँकाेट), गाेरखा । लायन्स क्लव अफ आँवुखैरेनी सिटीकाे आयाेजना र ओम विराज डेन्टल सेन्टर गाेरखाकाे प्राविधिक सहयाेगमा शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुँकाेटमा निशुल्क दन्त शिविरमा ८३ जना महिला र २१ जना पुरुष गरी १०४ जनाले सेवा लिएका छन् । शिविरमा गाउँ गाउँबाट आएका नागरिकहरुले दाँत परिक्षण गराएका थिए ।
शिविरकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रमेश थापा मगरले गरेका थिए ।
शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठकाे समन्वयमा भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दीरा तिवारी, वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अँगाइ,लायन्स क्लव अफ आँवुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लगायतले सम्बाेधन गरेका थिए ।
लायन्स क्लव अफ आँवुखैरेनी सिटीका अध्यक्ष खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनप्रतिनिधिहरु, डा.ओसिन थापा,ओम बिराट डेण्टल केयर गोरखा सन्जय अधिकरी लगाएत ५ जना प्राबिधिक टिम,लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ B1 का रिजन चिअरप्रशन सुरेन्द्र कुमार श्रेष्ठ,राजनितीदलका प्रतिनिधि,बुङकोट स्वाथ्य चौकीको स्वाथ्यक्रर्मी,लायन्स क्लबका पदाधिकारी एवम सदस्य,स्थानीय समाजसेवि,बुद्धिजीविहरुकाे उपस्थिति रहेको थियाे ।