अपराध/ दुर्घटना

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा  गाेरखाका  एक व्यक्ति कालिकोटबाट पक्राउ

By मनासलु

March 07, 2021

गोरखा । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा  गाेरखाका  एक व्यक्ति कालिकोटबाट पक्राउ परेका छन् ।

गोरखा नगरपालिका–६ सातधुरे घर भएका  ३० वर्षीय राम भन्ने सोमबहादुर बाचेलाई कालिकोटको खाडाँचक्र नगरपालिकाको जिते बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी प्रकाश दहालले बताए ।

बाचेले गोरखा नगरपालिका नं. ६ अस्पतालमार्ग स्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । घटना गत फागुन ८ भएको हो । पीडित युवतीले फागुन ११ गते प्रहरी कार्यलय जबरजस्ती करणी उधोग शिर्षकमा मुद्दा दर्ता गरेकी थिइन् । तर, युवक भागेर कालीकोट पुगेको थियो ।

पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटलाई पत्राचार गरिएको र कालिकोट प्रहरीले बाचेलाई १६ गते पक्राउ गरेर २० गते गोरखा ल्याएको डीएसपी दाहालले बताए । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका बाचेलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।