साहित्य

बिन्दु पौडेल का पाँच कोपिला

By मनासलु

March 07, 2021

१ सुन्दर फुल बनेर फुली दिन्छु सुख दु:ख एक आपसमा झेलौला सबैव तिम्रै बागमा खुली दिन्छु ! २ सुन्दर मनको बगैंचामा आई बस तिमी सधै भरीलाई मेरो तनको बगैंचामा ! ३ सुन्दर फुलको डाली हुन पाए भमरा भै मिठो रस खाना हुन्थ्यो तिम्रै बगैंचाको माली हुन पाए ! ४ काफल पाक्यो वनै भरी बिरहको भाका गाउछ न्यौलिले तिम्रो माया छ मनै भरी ! ५ पिरतिको डोरी बाटौना सानू छोटो जिन्दगीको लामो सम्झना तिमिलाई हाँस्दै दिन हामी काटौना सानू !                              बिन्दु पौडेल दाङ